काठमाडौं – लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा (सतीदेवी)को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ ।
यसैगरी पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका वली र मन्जिला बाँनियालाई समेत फिचर गरिएको छ। उनीहरुलाई रोइरहेको देख्न सकिन्छ।
यसअघि फर्स्टलुकमा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटी रहेको अवस्थामा मलिकालाई परस्तुत गरिएकोमा आज सार्वजनिक भएको पोस्टरले निर्देशक सुबेदीले सिनेमाबाट छोरी हुनुको गम्भीर पीडालाई प्रस्तुत गर्ने बुझ्न सकिन्छ।