भारत। बलिउड अभिनेता सलमान खानले टेलिभिजन रियालिटी शो 'बिग बोस १५'को टीआरपी बढाउन खासै कमाल गर्न सकिरहेका छैनन्। यो हप्ता 'बिग बोस १५'ले टप १० पनि स्थान बनाउन सकेन। यसैबिच कार्यक्रमसँग सम्बन्धित एक ठुलो खबर बाहिर आएको छ। खबरका अनुसार 'बिग बोस'की भूपु प्रतियोगी शहनाज गिलले सलमान खानलाई रिप्लेस गरेकी छिन्। शहनाज गिलले चाडै नै 'बिग बोस १५' सञ्चालन गर्नेछिन्। यो हप्ताबाट सलमानको ठाउँमा शहनाज गिललाई देखिनेछ।