काठमाडाैँ - युवा फरवार्ड भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई ६-० अन्तरले पराजित गरेको छ। घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा भिनिसियसले ह्याटि्रक गर्दा फर्लान्ड मेन्डी, करिम बेन्जेमा र रोड्रिगोले १-१ गोल गरेका थिए।
रियल म्यड्रिड ४६ खेलबाट ८४ अंक सहित शीर्ष स्थानमा रहेकाे छ। पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा रहेकाे छ।