एएफसी यू-१७ एसियन कप छनोटः नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ - एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो।

थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले २ र थानाक्रित जाम्पालीले १ गोल गरेका थिए। खेलको ३०औं मिनेटमा तोन्तावानले गोल गर्दै थाइल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए।

६५औं मिनेटमा तोन्तावानले व्यक्तिगत दोस्रो गोल गरे भने ७८औं मिनेटमा सब्सिच्युड खेलाडी जाम्पालीले गोल गर्दै थाइल्याण्डलाई ३-० गोलको जित दिलाए। जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको छ।

छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ। आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन्।

छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् भने उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्न पाउनेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×