‘अडियो प्रकरण’का बारेमा छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दै

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज बस्दैछ। सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि  बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे बस्नेछ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ। सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ।

सांसद श्रेष्ठले व्यापारी प्रसाईसँग गरेको भनी आएको अडियोको स्वर आफ्नो नभएको दाबी गर्दै आएका छन्। उनले चिन्दै नचिनेको प्रसाईसँग कसरी पैसा मागिन्छ? भन्ने तर्क गर्दै आएका छन्। 

उता, सो पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने यसअघि नै जनाई सकेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×