आज एकसाथ माओवादी केन्द्रको ७७६ वटा पालिका स्तरीय सम्मेलन, अध्यक्ष दाहालले 'भर्चुअल’ सम्बोधन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थानीय तहको अधिवेशन आज (शनिबार) हुँदैछ।  माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन एकैसाथ आयोजना गरेको हो ।

माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहालले दिउँसो १ बजे एकैसाथ भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । 

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्य अनुरुप माओवादी केन्द्रले आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×