भारत। बलिउड चलचित्र उद्योगका लोकप्रिय अभिनेता अमिताभ बच्चन केहि समयदेखि पान मसालाको विज्ञापनका कारण चर्चामा रहेका छन्। यसैबिच खबर आएको छ कि अमिताभ बच्चनसँग सम्झौता सकिइसकेता पनि पान मसाला कंपनीले लगातार विज्ञापनको प्रसारण गरिरहेको थियो। जसका कारण अमिताभले कंपनीलाई लीगल नोटिस पठाएका छन्। र, विज्ञापनको प्रसारण रोक्ने माग गरेका छन्। खासमा अभिनेता पछिल्लो केहि वर्षदेखि यो कंपनीको विज्ञापनमा देखिदै आएका थिए। उनले आफ्नो पछिल्लो जन्मदिनमा कंपनीसँगको सम्झौता खारेज गरेका हुन्।