सल्लाको काठ थुपारेका एक जना पक्राउ

पर्वत- पर्वतमा सल्लाको काठ थुपारेका एक जनालाई प्रहरीले समातेको छ। उनलाई आज बिहान जलजला गाउपालिका २ साममारेबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय अर्जुनबहादुर विश्वकर्मा हुन्। उनले आफ्नो घरबाट अन्दाजी एक सय मिटर पश्चिमतर्फ रहेको टहरोमा सल्लाको चिरान काठ भण्डारण गरेर राखेका थिए। विशेष सुराकीका आधारमा प्रहरीले विश्वकर्मालाई डिभिजन वन कार्यालय पर्वतमा बुझाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रदिप पौडेलको कमाण्डमा खटिएको टोलीले समातेको हो। टहराबाट प्रहरीले २ सय ९२ वटा सल्लाको चिरान काठ फेला पारेको थियो। साथै, जलजला गाउँपालिका १ स्थित देउराली सामुदायिक वनमा ठिग्रे सल्लाको काठ चिरान गरी बेवारिसे अवस्थामा थुपारी राखेको सूचनाको आधारमा प्रहरीले १ सय ७७ थान काठ पनि बरामद गरेको छ। दुबै स्थानबाट बरामद गरेको काठ र विश्वकर्मालाई आजै अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय पर्वतमा बुझाएको छ। डिभिजन वन कार्यालयले पनि विश्वकर्मालाई आजै पर्वत जिल्ला अदालतमा पठाएको थियो। अदालतले विश्वकर्मालाई १५ दिन म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×