काठमाडौँ l नेपाली चलचित्र ‘दी प्रेम पूजा–२’को घोषणा गरिएको छ। ‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रको घोषणा मंगलबार पत्रकार सम्मेलन गरी गरिएको हो l विमल पौडेलको निर्देशन रहेको चलचित्रको छायांकन नेपाल र बेल्जियममा गरिनेछ l फल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहेको चलचित्र 'प्रेम पूजा' को दोश्रो सिक्वल हो l निर्देशक पौडेलकै कथा रहेको चलचित्रमा सुवास गजुरेल, बबि रोजा ढकाल आदि कलाकारहरुको पनि अभिनय रहनेछl