काठमाडौँ - बलिउडकी विवादास्पद अभिनेत्री कंगना रनावतले शुक्रवार रिलीज भएको फिल्म ब्रह्मास्त्रको बक्स अफिस आँकडा झूटो भएको बताएकी छिन्। फिल्मकर्मी लेखक इरे मृदुल केथरको ट्वीटलाई आफ्ना इन्स्टाग्राम स्टोरीमा शेयर गरी उनले ब्रह्मास्त्र कमजोर स्थितिमा रहेको बताएकी हुन।
फिल्मका सहनिर्माता करण जोहरले शनिवार ट्वीट गरी ब्रह्मास्त्रको विश्वव्यापी ओपनिङ कलेक्सन ७५ करोड भारु भएको जानकारी दिएका थिए। मृदुल केथरले ट्वीटमा ब्रह्मास्त्रको आँकडा तोडमरोड गरिएको बताएका छन्। उनले लेखे, ‘केही ट्रेड एनालिस्टहरू ब्रह्मास्त्रको सही बक्स अफिस आँकडा दिइरहेका छैनन्। झूटो आँकडा प्रस्तुत गर्नेहरूलाई टन्न पैसा दिने गरिएको छ। यो भारतको अहिलेसम्मको सबभन्दा ठूलो मेनिपुलेसन हुन सक्छ। ६० देखि ७० प्रतिशत आँकडा झूटो हो।’
कंगनाले यस ट्वीटलाई स्टोरीमा शेयर गर्दै लेखिन्, ‘७० प्रतिशत। ब्रह्मास्त्रका लागि यो अधम स्तर हो।’ बक्सअफिसइन्डिया डट्कमका अनुसार, भारतमा ब्रह्मास्त्रको ओपनिङ ३७ करोड भारु थियो भने २ दिनमा फिल्मले ७६ करोड भारु कमायो।
कंगनाले शनिवार ब्रह्मास्त्रको नेगेटिभ रिभ्युको स्क्रीनशट शेयर गर्दै लेखेकी थिइन्, ‘तपाईं झूटो कुरा पेल्ने कोशिश गर्नुहुन्छ भने मानिस बिस्तारै त्यस झूटमा विश्वास गर्न थाल्छन्। करण आफ्नो हरेक शोमा मानिसहरूलाई रणवीर आलिया सर्वोत्कृष्ट कलाकार भएको अनि अयान मुखर्जी जिनियस भएको बताउँछन्। तर वास्तवमा करणले ६०० करोड भारु यस्तो निर्देशकलाई दिए जसले आफ्नो करियरमा एउटा पनि राम्रो फिल्म बनाएको छैन।
अयानलाई जिनियस भन्ने मान्छेलाई जेलमा कोच्नुपर्ने पनि उनले बताएकी छिन्।