काठमाडौँ – नेपाल प्रहरीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई थप सुरक्षा प्रदान गर्न आनाकानी गरेको छ। संसदका महासचिवबाट निलम्बन फुकुवाको पत्र प्रदान भएपश्चात पनि प्रहरीले सुरक्षा दिन आनाकानी गरेको हो।
निलम्बनमा रहेको बेला उनीसँग एकजना मात्र प्रहरी थिए। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार त्यसबाहेक उनको सुरक्षामा थप प्रहरी खटाइएको छैन। सरकारबाट निर्देशन नआएसम्म उनको सुरक्षा नबढाइने जानकारी उनले दिएका छन्।
बुधबार संघिय संसद् सचिवालयले जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रय भएको पत्र राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत लगायत बिभिन्न निकायमा पठाएको छ। यससँगै प्रधानन्यायाधीशका रुपमा जबरा पुन: सर्वोच्च फर्कने तयारी गरेका हुन्।