काठमाडौँ - हिमाल सागर र अनु चौधरीको आवाजमा रोमान्टिक गीत ‘ए हो र माया’ सार्वजनिक भएको छ।
विमल अधिकारी र सनिशा भट्टराई फिचर्ड रहेको गीतमा प्रेमभाव र मायालुबीच हुने अन्तरंग मुडलाई समावेश गरिएको छ।
गीतमा बिमल अधिकारीको शब्द तथा संगीत रहेको छ। गीतमा कमल सौरागको एरेन्ज रहेको छ। भावना म्युजिक सोलुसनको युट्युव च्यानलबाट गीत रिलिज भएको हो।