सुनसरी। सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा मनोरंजन लिन आएका दर्शकले तोडफोड तथा आगजनी गरेका छन्। प्रचार गरिए अनुसारका कलाकार नआएको भन्दै तोडफोड तथा आगजनी गरिएको बुझिएको छ। महोत्सवमा भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनिएको तर उनी नआएको हुनाले उक्त घट्ना घटेको हो।
बर्जु गाउँपालिका ६ चिमडीस्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गते बाट सुरु भएको महोत्सवमा आज यादव आउने भनेर प्रचार गरिएको थियो। तर उनी नआएपछी आक्रोशित भीडले त्यहाँ रहेका सवारीमा पनि आगजनी र महोत्सवको मञ्ज पनि तोडफोड गरेका छन्।
दर्शकहरुले भारतीय ४ ओटा स्कार्पिओमा आगो लगाएका छन्। आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ। तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ।भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरिएको थियो।