फिल्ममा डेब्यू गर्दै गरिमा शर्मा

काठमाडाैँ - मोडल गरिमा शर्मा फिल्ममा डेब्यू गर्ने भएकी छन्। उनले घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म 'लन्डन टु पेरिस'बाट डेब्यू गर्न लागेकी हुन्।

'यो फिल्ममा अनुबन्धित हुन पाउँदा एकदमै खुसी लागेको छ। यो फिल्म ट्राभलसँग सम्बन्धित छ। फिल्ममा मेरो मुख्य भूमिका छ। फिल्मको कथा मन परेरै मैले फिल्म साइन गरेकी हुँ,' गरिमाले भनिन्। 

केही समय अगाडि गरिमाले फिल्म ‘सुदूर’ बाट डेब्यू गर्न लागेको चर्चा थियो। तर उनले फिल्मको लागि कुरा मात्र भएको बताइन्। 'फिल्मको लागि कुरा भएको थियो। त्यसपछि निर्माण टोलीसँग कुरा भएको छैन। अहिले मलाई अरु फिल्मको अफर पनि आइरहेको छ,' उनले भनिन्।

'लन्डन टु पेरिस' फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। एबी इन्टरनेसनलले निर्माण गर्न लागेको फिल्म बेलायत र फ्रान्समा छायांकन हुनेछ। फिल्म असारको दोस्रो साताबाट छायांकन हुने बताइएको छ।

आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनिअनुबन्धित भइसकेकी छन्। फिल्मको लागि अभिनेता  सार्वजनिक गरिएको छैन। 

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मको सह-निर्माता अजित सिंह रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×