साहित्यकार विसीको उपन्यास ‘रमा’ विमोचन

सुर्खेत- पत्रकार तथा साहित्यकार पुनम विसीको उपन्यास ‘रमा’ विमोचन गरिएको छ। कर्णाली महिलाका भोगाइ समेट्दै लेखिएको उपन्यास ‘रमा’ विसीको पहिलो उपन्यास हो। विसीले भने, ‘ विभिन्न आरोह–अवरोहबीच त्यो कथा अहिले उपन्यासका रूपमा तपाईंहरू सामु आउन सफल भएको छ।’

उपन्यासमा कर्णालीका महिलाको अवस्थाबारे चित्रण गर्ने प्रयास गरिएको उनले सुनाए। 'कथाले केही वर्ष पहिलेको कर्णालीका महिलाको सामाजिक अवस्था चित्रण गर्न खोजेको हो’, पत्रकार विसीले भने, ‘कर्णाली महिलाका मौनताको कथा उपन्यासमा समेट्न खोजेको छु। विविध कारण बोकेर कर्णालीका महिलाको मौनतालाई बाँध्ने समाजको चित्रण नै रमा हो, यहाँ महिलामा बाँधिएको मौनताका वारेमा प्रस्तुत गरेको छु।’

पत्रकार विसी तथा उनी सक्रिय रहेको संस्था ‘पुनम फाउन्डेसन’ले ०७२ यता सुर्खेतमा रगत अभावका समयमा तत्काल रक्तदाता उपलब्धतामा समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ। पत्रकार विसीले उपन्यास बिक्री–वितरणबाट आउने रकम सोही अभियानका लागि सहयोग गर्ने बताएका छन्।

फाउन्डेसनले हाल निर्माण सम्पन्न गरेको ‘कर्णाली ब्लड एड’ नामक मोबाइल एप सञ्चालनको अन्तिम तयारीमा छ। उपन्यासका लेखक विसी सो एप सञ्चालनार्थ उपन्यासको आम्दानी खर्चिन चाहेको बताउँछन्। 

नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाको ३१ औं वार्षिक उत्सवका अवसरमा वीरेन्द्रनगरमा शुक्रबार आयोजित कार्यक्रममा पत्रकार विसीको उपन्यास विमोचन गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×