काठमाडौँ । जेनजी आन्दोलनका कारण दुई दिनसम्म अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रलाई बुधबार युवाहरूले सरसफाइ गर्न थालेका छन्। संसद् भवन अगाडि टायर बालेर सडक अस्तव्यस्त भएपछि कचरा, ढुंगा, भत्किएका संरचना हटाउने काम भइरहेको छ।
आन्दोलनका क्रममा संसद् भवनमा आगजनी, सडकका डिजाइडर र ट्राफिक आइल्याण्ड भत्किएका थिए। तर, आन्दोलनपश्चात् युवाहरूले आफ्नै पहलमा वातावरण सफा गर्न थालेका छन्। उनीहरूको भनाइमा "प्रदर्शनले आवाज उठाउँछ भने सरसफाइले सन्देश दिन्छ—शान्ति र जिम्मेवारीसहित परिवर्तन सम्भव छ।"