वृज सिमेन्टद्वारा मिस वर्ल्ड २०२३ ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनाका लागि सहयोग 

काठमाडौं - विगत ७ वर्षदेखि प्रायोजकका रूपमा मिस नेपाल प्रतियोगितासँग गौरवशाली साझेदारी गर्दै आइरहेका हामी वृज सिमेन्ट इन्डस्ट्रिज प्रा. लि. यो वर्ष पनि यस सम्बन्धलाई निरन्तरता दिन पाएकोमा अत्यन्त हर्षित भएको जनाएको छ । हाम्रो यही मजबुत साझेदारीमा आधारित रही यही डिसेम्बर २०२३ मा भारतमा हुन गइरहेको मिस वर्ल्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनामा पुनः हाम्रो वृज सिमेन्टको सहभागीता रहने कुरा जानकारी गराउन पाउँदा हामी अत्यन्त गौरवान्वित महसुस गरिरहेका छौं, कम्पनीले भनेको छ ।  

‘ब्यूटी विथ ए पर्पोज’लाई मिस वर्ल्डमा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको पनि छ । यस वर्ष प्रियंकारानी जोशी आफ्नो ‘ब्यूटी विथ ए पर्पोज’ योजनाका लागि चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित उपरदाङगढीका चेपाङ महिलाहरूको आर्थिक उत्थानमा केन्द्रित रहेको जानकारी पाउँदा खुसी छौँ । उहाँलाई यस पवित्र अभियानमा सफलता प्राप्त हुने नै छ, हाम्रो तर्फबाट हार्दिक नमनका साथै शुभकामना ।

आजको युगमा बिजुली जीवनको लागि आधारभूत आवश्यकताझैँ भइसकेको छ । तैपनि नेपालका कतिपय दुर्गम बस्तीहरू विद्युतको पहुँचमा छैनन् । कुल ५०० जनाको जनसंख्या रहेको उपरदाङगढी पनि यस्तै एक बस्ती हो । विद्युत अनुपलब्धताका कारण यहाँका बासिन्दा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाहरूबाट पनि वञ्चित छन् । बिजुली नपुगेका कारणले ऊर्जाका लागि उपरदाङगढीवासी दाउरा, मट्टीतेल, गुइँठा आदिमा भर पर्न बाध्य छन्, जसको प्रत्यक्ष मारमा महिलाहरू परेका छन् । उहाँहरूको दिनचर्या काठ, टुकी आदि व्यवस्थापनमा नै बित्ने गरेको छ, जसले उहाँहरूलाई आर्थिक–सामाजिक अवसरहरूबाट टाढा राखेको छ । साथै यस्ता पारम्परिक ऊर्जाका स्रोतको प्रयोगबाट उत्पन्न हुने धुवाँले उहाँको स्वास्थ्यमा निकै नकारात्मक असर परिरहेको छ  ।

यो अवस्थाको अन्त्य गर्न र महिलाहरूको आर्थिक विकास र प्रगतिलाई टेवा दिन प्रियंकारानी जोशीको उपरदाङगढीमा बिजुली ल्याउने, यहाँ सामुदायिक भवन निर्माण गर्ने, स्थानीय विद्यालयको जीर्णोद्धार गर्ने लगायतका सत्कार्यमा हामी सहकार्य गर्न आतुर छौँ । त्यसैले मिस नेपाल २०२२ प्रियंकारानी जोशीको यस परियोजनाका लागि आवश्यक पर्ने सिमेन्ट वृज सिमेन्ट र पुष्पतारा केडिया सेवा फाउण्डेशनले संयुक्त रूपमा प्रदान गर्ने घोषणा आज यसै कार्यक्रम मार्फत गर्न पाउँदा हामी अति खुसी छौँ ।

केडिया अर्गनाईजेसन अन्तर्गतको संस्था वृज सिमेन्ट विगत लामो समयदेखि नेपाली बजारमा आफ्नो गुणस्तरीय उत्पादन तथा उत्कृष्ट सेवाको लागि परिचित रहेको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशनले विभिन्न क्षेत्रहरूमा क्रियाशिल सामाजिक संघसंस्थालाई आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न परियोजनाहरूका लागि सहायता प्रदान गर्दै आइरहेको छ । स्मरणीय छ कि पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्था हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×