विकी कौशल र कटरीना कैफको विवाहमा मोबाइल निषेध

भारत। बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ डिसेम्बरको पहिलो हप्ता वैवाहिक बन्धनमा बाँधिदैछन्। खबरका अनुसार उनीहरुको विवाहमा मोबाइल प्रयोग गर्न पाइने छैन। जसको लागि विवाह हुने ठाउँमा ‘नो–मोबाइल डिक्टेट’ पनि लागु हुनेछ। त्यसैगरि इभेन्ट मेनेजमेन्टलाई बिना अनुमति कुनै पनि तस्विर या भिडियो सामाजिक सञ्जालमा नराख्न निर्देशन दिइएको छ।  वैवाहिक कार्यक्रम राजस्थानको एक आलिशान फोर्ट-रिजोर्टमा हुनेछ। अझै सम्म विकी र कटरीनाको जोडीले विवाह बारे आफ्नो कुनै पनि आधिकारिक कुरा राखेको छैन। विवाहमा बलिउडका थुप्रै मनोरंजनकर्मीलाई डाकिएको छ। तर, आमन्त्रित सबैमा मोबाइल सम्बन्धी नियम लागु हुने जोडीका आफन्तले बताएका छन्। एक निर्धारित क्षेत्रमा  कसैले पनि मोबाइल प्रयोग गर्न पाउने छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×