काठमाडौँ। गायक रामकृष्ण ढकालको आवाज रहेको गीत ‘तिम्ले बोल्ने बोली’ सार्वजनिक गरिएको छ। गीत एक कार्यक्रमबीच आइतबार सार्वजनिक गरिएको हो। गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ’आकाश’ को शब्द रहेको छ।
गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काको अभिनय रहेको छ। सुव्रत आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियो ‘भ्यालेनटाइन डे’को उपलक्ष्यमा सार्वजनिक गरिएको हो। गीतको भिडियो गायक रामकृष्ण ढकालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: