काठमाडौँ - अविनाश विक्रम शाहले निर्देशन गरेको लघुफिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभलमा ‘स्पेसल मेन्सन’ अवार्ड जितेको छ। नेपाली फिल्मले कान्समा औपचारिक रूपमा भाग लिएको यो पहिलोपटक हो।
एउटा आमैले आफ्नो बच्चीलाई सुताउन गाउने परम्परागत गीतको कथा हो लोरी। जब लोरी सकिन्छ तब छोरी निद्राबाट जाग्छिन्। परिवर्तनशील जीवनको कथा पस्किन खोजेका लेखक निर्देशक शाहको लोरीमा चिसो एस्ट्रे फिचर फिल्म खिचेका उज्वल कुमार बास्ताकोटीको छायांकन रहेको छ।
अन्डरग्राउन्ड टकिज र हङकङको पेट्रा फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको लोरीमा अंकिता यादव, सुजिता साह र प्रीति झाको मुख्य अभिनय रहेको छ।