बुसानमा ‘अवतार २’ प्रिमियर

काठमाडौँ - एसियाकै प्रतिष्ठित मानिने बुसान फिल्म फेस्टिभल यतिबेला दक्षिण कोरियामा भैरहेको छ। सन् २०२२ को यो संस्करण किन पनि महत्वपूर्ण थियो भने कोरोना महामारीपछि भौतिकरुपमै महोत्सव आयोजना गरिएको थियो।

फेस्टिभलमा सुनमा सुगन्ध थप्ने काम गर्‍यो विश्वभर पर्खाइमा रहेको हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले। निर्माता जोन लेन्डुको उपस्थितीमा बुसानका सीमित दर्शकमाझ अवतार २ को भव्य प्रिमियर गरिएको छ।

नेपालमा भने यो फिल्म पुस १ गते प्रदर्शन तयारीमा रहेको छ। प्रत्येक दर्शकले ५ डलर तिरेर फिल्म हेरेका थिए। बुसानको उक्त प्रिमियर संस्करण सोल्डआउट भएको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ। ‘अवतार २’को बुसान प्रिमियरको अर्थ हलिउडको भविष्य एसियाली बजारमा निर्भर पनि छ भन्ने हो। प्रिमियर मेसोमा आयोजित कार्यक्रममा अवतार निर्माता लेन्डुले दोस्रो भाग कसरी रचियो र प्राविधिकरुपमा यसको पक्षबारे दर्शकलाई प्रकाश पारेका थिए।

दक्षिण कोरियालाई अवतारमय बनाउन वितरण कम्पनी डिज्नेले त्यहाँको हुन्डाइ समुन्द्री किनारमा फिल्मका पात्रका आकृति खडा गरेर तथा पोस्टर बनाएर दर्शकलाई आकर्षित गरेको थियो। अवतारको दोस्रो भागमा मुख्य चरित्र ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टनले अभिनय गरेका छन्।

उक्त प्रिमियरमा भिडियो सम्बोधन गर्दै निर्देशक जेम्स क्यामरुनले अवतार २ ले विश्वको सामुन्द्रिक पारिस्थितीकय प्रणाली कसरी संकटमा पर्दैछ भन्ने कुराको सन्देश दिन खोजेको बताएका छन्। यसअघि पाण्डोरा नामक काल्पनिक ग्रहमा प्राकृतिक स्रोतको दोहनबारे चित्रण थियो।

‘यो पाण्डोराको कथा हो तर, यो सबथोक हाम्रै संसारमा भैरहेको छ’ क्यामरुनले भने। निर्देशक क्यामरुन र निर्माता लेन्डुले अवतार २ बाट दर्शकले सिनेम्याटिक अनुभव लिन सक्ने बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×