प्रतिनिधिसभा बैठक : सूचना आयोगको वार्षिक प्रतिवेदन पेश हुने

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने कार्यक्रम छ।

यस्तै व्यवस्थापन कार्यअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि आज पहिलोपटक संसद् बैठक बस्न लागेको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×