‘सेवाग्राहिको मुद्दा हेर्नु छैन भने कालोकोट फुकाल्नुस् र पार्टी प्रवेश गर्नुस्’- अधिवक्ता अनन्त भट्टराई

काठमाडौँ । आज राजधानीको नयाँ बानेश्वर स्थित एभ्रेष्ट होटेल अगाडि नेपाल बारको आन्दोलन विरुद्धको विरोध प्रदर्शनमा विभिन्न वक्ताहरुले बोल्ने क्रम जारी छ ।
उक्त प्रदर्शनमा अधिवक्ता अनन्त भट्टराईले पनि आफ्ना धारणाहरु प्रस्तुत गरेका छन् । उनले नेपाल बार र कानुन बारलाई सेवाग्राहिको मुद्दा हेर्नु छैन भने कालोकोट फुकालेर राजनीतिक पार्टीमा प्रवेश गर्न अनुरोध गरेका छन् । उनले त्यो ठाउँमा अरुहरुले जिम्मेवारी पुरा गर्ने छन् बताएका छन्। उनले जनताको करबाट पाएको तलब भत्ता र सुविधा खाने न्यायाधीशहरुलाई पनि जनताको मुद्दा हेर्नु छैन भने राजीनामा दिन आग्रह गरेका छन् भने उनीहरुको ठाउँमा कार्य गर्न सैयौँ हजारौँ व्यक्तिहरु योग्य छन् र तमतयार रहेको समेत बताएका छन्। 
त्यसै गरि कार्यपालिका र व्यवस्थापिका बेकम्मा भइ सकेपछि बाह्यशक्तिहरु स्वतन्त्र न्यायपालिकामाथि प्रहार गर्न लागि परेको आरोप समेत लगाएका छन् ।
उनले न्यायपालिकाको गतिरोध सकेसम्म छिटो अन्त्य हुन जरुरी रहेको कुरामा विषेश जोड दिएका छन् ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×