नेकपा एसको केन्द्रीय कमिटी बैठक आज सकिंदै

 

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज (बुधबार) सकिँदैछ । जारी बैठकमा सोमबार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदन पेश गरेका थिए ।

यस्तै उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । केन्द्रीय कमिटीका सदस्यहरूलाई १२ वटा समूहमा विभाजन गरेर यी प्रतिवेदनमाथि छलफल भइरहेको छ । मंगलबार समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ । पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गरेको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ । राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन् ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×