नामिबिया र ओमानको खेल सुपर ओभरमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत ओमान र नामिबियाबीचको खेल सुपर ओभरमा पुगेको छ । शुरुवाती ब्याटिङ गरेको ओभाले १०९ रन बनाएको थियो । ११० रनको जवाफी लक्ष्य पछ्याएको नामिबिया १०९ रनमै समेटिएपछि खेल सुपर ओभरमा पुगेको हो ।

टस जितेर फिल्डिङ रोजेको नामिबियाले ओमानलाई १९.४ ओभरमा १०९ रनमा अलआउट गरेको थियो । ओमानले जितका लागि ११० रनको लक्ष्य दिएको थियो । नामिबियाका लागि रुबेन ट्रम्पलमनले ४ विकेट लिए । त्यस्तै डेभिड वाइले ३ तथा गेराल्ड इराशमसले २ र बेर्नार्ड स्कोल्जले १ विकेट लिएपछि ओमान १०९ रनमा अलआउट भएको हो ।

ओमानका लागि जिसद मक्सुदले २२ तथा खालिद कइलले ३४ रन जोडे । त्यस्तै आयन खान १५ तथा साकिल अहमदले ११ रन जोड्दा अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । कस्यप प्रजापति र आकिब इलियस शून्य रनमा आउट हुँदा कलिमुल्लाहले २ रन जोडे । त्यस्तै नसिम खुसीले ६, मोहम्मद नदिमले ६ तथा मेहरान खानले ७ रन जोड्दा बिलाल खान १ रनमा नटआउट रहे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×