'बडे मिया छोटे मिया'मा अक्षय कुमार र टाइगर श्राफको जोडी

भारत। बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफलाई एकै चलचित्रमा देख्न पाइने भएको छ। निर्देशक अली अब्बास जफरको निर्देशनमा बन्न लागेको चलचित्रमा अक्षय र टाइगरको जोडीको देखिन लागेको हो। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार यो चलचित्रको नाम 'बडे मिया छोटे मिया' रहनेछ। चलचित्रको छायांकन २०२२बाट सुरु हुने सम्भावना रहेको छ। सन् १९९८मा आएको चलचित्र 'बडे मिया छोटे मिया'मा अमिताभ बच्चन र गोविन्दा मुख्य भूमिकामा रहेका थिए। जसलाई डेविड धवनले निर्देशन गरेका थिए। खबरका अनुसार चलचित्र २०२३मा प्रदर्शनमा आउने सम्भावना रहेको छ। चलचित्रको बाँकी कलाकारहरू भने तय भइसकेको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×