काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ६ हजार ३४९ जना संक्रमणमुक्त भएका छन्। आज देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ।