बोगोटा। कोलम्बियाको पहिरोमा परी ३० जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएको छ। देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो।“त्यहाँ १४ जनाको मृत्यु भएको छ, अरु ३० जनाभन्दा बढी घाइते भएका छन्।
घटनास्थलबाट अरु कैयौ बेपत्ता भएको र उनीहरुको खोजी कार्य भइरहेको सरकारका सचिव अल्भारो अरियसले जानकारी दिए।