काठमाडाैँ - श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा बंगलादेशका अलराउण्डर सकिब अल हसन पर्ने सम्भावना निकै न्युन रहेको छ। कोभिडबाट मुक्त भएपनि सकिब पुर्ण रुपमा फिट नभइसकेकाले उनले श्रीलंकाको दोेस्रो खेल गुमाउने सम्भावना छ।
बंगलादेशका प्रशिक्षक रसले डोमिंगोले ५० देखि ६० प्रतिशत फिट भएका सकिबलाई श्रीलंकासँगको सिरिजका लागि टिममा राख्न कठिन हुने बताएका छन। उनले शुक्रबार राति नै टिममा जोडिने र भोलीबाट नै टिमको प्रशिक्षणमा सामेल हुने बताइएको छ। तर पनि उनी दोस्रो टेष्टमा टिममा पर्ने संभावना भने निकै कम छ ।
कोभिडका कारण सकिब दुई साता देखि मैदान बाहिर रहेकाले उनको फिटनेस टेष्ट गर्नुपर्ने भएको हो।