फिल्म ‘फूलबारी’को आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौँ - आगामी फागुन ५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘फूलबारी’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ।

निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको पोस्टरमा फिल्मका सबै कलाकार अटाएका छन्। साथै पोस्टरले पात्रहरुको लुक्स पनि प्रस्तुत गरेको छ।

विपिन कार्की फिल्ममा ५८ वर्षीय पुरुषको भूमिकामा छन्। उनी अरुणा कार्कीको अपोजिटमा देखिंदैछन्। पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ र शिल्पा मास्के पनि फिचर्ड रहेका छन्।

उपेन्द्र सुब्बाद्वारा लिखित फिल्मलाई मनिष ढकालले निर्माण गरेका हुन्। परिकल्पना र कथा कमलकिशोर मलपानीले गरेका हुन्। फिल्मलाई यशोधा फिल्म्सले निर्माण गरेको हो।

निर्देशक गुरुङको निर्माण रहेको अर्को फिल्म ‘जारी’ आगामी वैशाख १ गते प्रदर्शन तयारीमा छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×