काठमाडौँ - वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा गायक स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतका रचनाकार केदार पनेरु हुन्। पनेरूले मानिसको जीवनका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीत तयार पारेका छन्। कृति न्यौपानेले यो गीतलाई संगीतबद्ध गरेका छन्।
गीतले समाजलाई रुपान्तरण गर्न सकोस् भन्ने आफ्नो सोँच रहने बताउँदै रचनाकार पनेरूले आउँदा दिनमा पनि गीत लेखनलाई निरन्तरता दिँदै जाने बताएका छन्।
कलाकार श्रेष्ठले ‘सुखी हुनु छैन मलाई’ले आध्यात्मिक, सन्देशमूलक र मानवताको भाव बोकेको उनले बताएका छन्।
उक्त गीतको भिडियोतर्फ वरिष्ठ कलाकार श्रेष्ठलाई मञ्जु श्रेष्ठ र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन्। साथमा बालकलाकार स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र प्रवेश खड्का पनि अभिनय रहेको छ।
दिनेश पराजुलीले छायांकन गरेको भिडियोमा राकेश दाहालको सम्पादन रहेको छ। वसन्त सापकोटाले भिडियोको निर्देशन गरेका छन्।