कलाकार माधवी गोगटेको निधन

भारत। टेलिभिजन कार्यक्रम ‘अनुपमा’मा रुपाली गांगुलीको आमाको भूमिका निभाउने माधवी गोगटेको निधन भएको छ। उनको कोरोना संक्रमणका कारण निधन भएको हो। उनलाई कोरोना भएपछि मुम्बईको सेवेन हिल्स अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमा उनको निधन भएको हो। ५८ वर्षकी माधवी लामो समय टेलिभिजन उद्योगमा सक्रिय रहेकी थिइन्। एकता कपुरको सिरियल ‘कहीँ तो होगा’बाट लोकप्रियता पाएकी उनले कोई अपना सा’, ‘ऐसा कभी सोचा ना था’ आदिमा काम गरेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×