रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न 

काठमाडौं - रोटरी क्लव ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एटिटक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन । सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिएकी थिईन ।

युवा र महिला उद्यमशिलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लवले यसअघि व्युटिसियन एवं पाककला सम्वन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ । 

कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गरेकी हुन । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रहरु सञ्चालन गरिने उनको भनाई छ । मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताईन । सो कार्यक्रममा रोटरीकी अध्यक्ष लेलिना भट्टराइ र पूर्व अध्यक्ष रश्मिला श्रेष्ठको पनि सहभागिता थियो । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×