काठमाडौँ - करिम बेन्जिमाले युरोपेली च्याम्पियन रियाल मड्रिडका लागि ३२४ औं गोल गरे। यससँगै उनले बालोन डी’ओर अवार्डको खोजीलाई निरन्तरता दिएका छन्।
रियालले बुधबार राति यूईएफए सुपर कपको उपाधि भिडन्तमा इनट्राक्ट फ्रान्कफर्टलाई हरायो। जसमा बेन्जिमाले भिनिसियस जुनियरको क्रसमा गोल गर्दै स्पेनिस टोलिको जित सुनिश्चित गरेका थिए।
बेन्जिमा रियालको सर्वकालीन गोलकर्ताको सूचीमा क्रिस्टियानो रोनाल्डोपछि दोस्रो स्थानमा पुगेका छन्। उनले राउललाई पछि पार्दै ४५० गोल गरेका क्रिस्टियानो रोनाल्डोलाई पिछा गरिरहेका छन्।
बेन्जिमा आफ्नो करियरको सबैभन्दा उत्कृष्ट लयमा रहेका छन्। रियालको लागि उनले ४६ खेलमा ४४ पटक गोल गर्दै आफ्नो टोलीलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन मद्दत गरे। अझै उनी त्यो फर्म कायम राख्न तयार देखिन्छन्।
'बेन्जेमा धेरै महत्त्वपूर्ण छन्', प्रशिक्षक एन्सेलोटीले भने, 'हामी यहाँ धेरै जसो उनको कारणले छौं - उनले धेरै महत्त्वपूर्ण गोल गरे।' 'बालोन डी'ओर कसले जित्ने भन्नेमा कुनै शङ्का छैन, यो करिम बेन्जिमाकै हुनुपर्छ,' उनले थपे।