काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ।
कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो। प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आज (आइतबार)देखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ। पछिल्लो समय जिल्लामा सङ्क्रमण बढेको छ । पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो। सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेको छ।