प्लाष्टिकको झोला विस्थापन गर्न कपडाको झोला बनाउने तालिम

झापा - घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले कपडाको झोला उत्पादनका निम्ति आजदेखि तालिम सुरु गरेको छ । मेचीनगर नगरपालिका–१२ का २० जना र अर्जुनधारा नगरपालिका–११ का २०  गरी ४० युवालाई सो तालिम दिन सुरु गरिएको हो । प्रदेश नम्बर १ सरकारको ‘एक जिल्ला एक कार्यक्रम’ अन्तर्गत आएको रु १० लाखको बजेटमा सो कार्यक्रम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जयनारायण अधिकारीले बताए । 

उनले जिल्लामा प्लाष्टिकका झोलाले वातावरणमा प्रदूषण फैलाउने हुँदा यसको नियन्त्रण पनि हुने र युवालाई उद्यमी बनाउन मद्दतसमेत पुग्ने हुँदा कपडाको झोला उत्पादनका निम्ति तालिमको आयोजना गरिएको बताए । एक महिनासम्म सञ्चालन गरिने तालिमका सहभागीलाई चाहिने आवश्यक सामग्रीसमेत कार्यालयले नै उपलब्ध गराउने उनको भनाइ छ । “उहाँहरुलाई तालिम दिएर त्यसै छाड्दैनौँ”, उनले भने, “तालिममा सहभागीको समूह बनाइदिएर स्थानीय सरकारसँग समन्वय गरी रोजगारीलाई दिगो बनाउनसमेत सहयोग गर्छौं ।” 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×