काठमाडौँ। बलिउड अभिनेत्री करिना कपुर ओटीटी प्लेटफर्म जगतमा देखिने भएकी छिन्। उनी नेटफ्लिक्सको एक चलचित्रमा देखिने भएकी हुन्। सुजोग घोषको निर्देशन रहने चलचित्र 'दी डेभोटेसन अफ सस्पेक्ट एक्स'को फिल्मी रुपान्तरण हो। निर्देशन घोष कहानी र बदला जस्ता सशक्त चलचित्रका लागि चर्चित छन्।
'दी डेभोटेसन अफ सस्पेक्ट एक्स' सन् २००५ को जापानी उपन्यास हो। निर्देषक घोषले भने "डेभोटेसन सम्भवत मैले अहिलेसम्म पढेकोमध्ये सबैभन्दा उत्कृष्ट प्रेम कथा हो। यसलाई फिल्ममा रुपान्तरण गर्न पाउँदा सम्मानित महसुस गरेको छ। साथै, मैले करिना, जयदीप र विजयसँग काम गर्न पाएको छु अरु के चाहियो र?"
नेटफ्लिक्सले एउटा भिडियो सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो। चलचित्रमा करिना कपुरका अलावा जयदीप अलवात र विजय वर्मा पनि मुख्य भूमिकामा रहने जनाइएको छ।
We’ve got some Pretty Hot And Tempting news! 😱😱😱
— Netflix India (@NetflixIndia) March 16, 2022
Kareena Kapoor Khan stars in a thrilling new Netflix film with Jaideep Ahlawat & Vijay Varma, directed by Sujoy Ghosh! #KareenaKapoorKhan @JaideepAhlawat @MrVijayVarma pic.twitter.com/8PIPwSR1c2