काठमाडौँ - गायिका सुनिता दुलाल र गायक अर्जुन सुनमको स्वरमा सजिएको ‘जिन्दगीको गोरेटोमा’ बोलको गीत सार्वजनिक भएको छ। बुधबार राइज मिडिया नेटवर्क युट्युव च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।
समाजसेवाका साथै नेपाली गीत-संगीत क्षेत्रमा कलम चलाउँदै आएकी गीतकार कमला बोहरा खत्रीले कोरेको शब्दमा गायक तथा संगीतकार सुनमले नै संगीत भरेका छन्। गीतमा प्रसन परियारले संगीत संयोजन गरेका छन् भने मनोज सुनार र नबिन सुनारले मिक्सिङको काम गरेका छन्।
गीतको भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्ल रहेका छन्। भिडियोको निर्देशक सुव्रतराज आचार्य हुन्।
कुमार कुटुवालले छायाँकन गरेको भिडियोमा राजकुमार श्रेष्ठको सम्पादन रहेको छ। राइज मिडिया नेटवर्कले निर्माण गरेको भिडियोमा अशोक गुरुङले संयोजकको भूमिका निर्वाह गरेका छन्।