चोटका कारण युएस ओपन टेनिसबाट बाहिरिन् सानिया

काठमाडौँ - भारतीय टेनिस स्टार सानिया मिर्जाले युएस ओपन २०२२ बाट नाम फिर्ता लिएकी छिन्। कुहिनोको चोटका कारण सानियाले यो निर्णय लिएकी हुन्।

सानिया मिर्जाले इन्स्टाग्राममा लेखेकी छिन्, 'यो राम्रो खबर होइन। २ साताअघि क्यानडामा खेल्दा कुहिनोमा चोट लागेको थियो। हिजोसम्म मलाई थाहा थिएन कि चोट यति नराम्रो छ भनेर। स्क्यान गर्दा दुर्भाग्यवश मेरो टेन्डन्स (हड्डी जोड्ने तन्तु) र मांसपेशी च्यातिएको पाइयो। म केही हप्ता खेल्न सक्दिनँ र यूएस ओपनबाट फिर्ता भएँ। यो एक धेरै खराब समय हो र मेरो सन्यास लिने योजना पनि परिवर्तन हुनेछ। यसबारे छिट्टै थाहा दिनेछु।'

यसवर्ष अस्ट्रेलियन ओपनमा हारपछि सानिया मिर्जाले २०२२ को अन्त्यमा टेनिसबाट सन्यास लिने घोषणा गरेकी थिइन्। तर अब उनले आफ्नो रिटायरमेन्ट प्लानमा केही परिवर्तन हुने बताएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×