इस्लामाबाद। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाको साथै महिला र बालबालिकासहित १७ जना घाइते भएका छन्। उक्त घटना प्रान्तको खुजदार जिल्लाको राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको ट्रेलरलाई भ्यानले ठक्कर दिँदा भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ। उक्त भ्यानमा २५ जनाभन्दा बढी मानिस सवार थिए। प्रहरीका अनुसार उनीहरू नातेदारको विवाहमा सहभागी हुन जाँदै थिए। घाइते र शवहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।