भारत। दक्षिण भारतीय कलाकार धनुष र उनकी पत्नी ऐश्वर्याले केही दिनअघि छुट्टिने निर्णय लिएको बताएका थिए। जोडीले आफ्नो १८ वर्षे दाम्पत्य जीवनमा पूर्णबिराम लगाउन लागेको बताएका थिए। उनीहरुको यो निर्णय सार्वजनिक भएपछी मान्छेहरु विभिन्न खालका अड्कल लगाइरहेका छन्।
केहिले धनुष अर्की युवतीसँग प्रेमसम्बन्धमा रहेको दावी समेत गरेका छन्। त्यसैगरि केहिले भने घरझगडाका कारण नै जोडी सम्बन्धविच्छेदको निर्णयसम्म पुगेको हुन सक्ने अनुमान लगाएका छन्।
जोडीको चुतार्फी चर्चा/परिचर्चा भइरहेकै बेला धनुषका पिता एवम् निर्माता कस्तुरी राजाले आफ्नो मुख खोलेका छन्। उनले धनुष र ऐश्वर्या छुट्टिनुको कारण पारिवारिक झगडा मात्रै भएको जनाएका छन्। एक कार्यक्रममा उनले अरु सबै अफवाह भएको र उनीहरुबीच पारिवारिक झगडा भएको बताएका छन्।
कस्तुरीले घरझगडाकै कारण धनुष र ऐश्वर्याको सम्बन्धविच्छेद नहुने समेत जनाएका छन्। झगडाक कारण मात्रै असहमति भएको र हरेक विवाहित जोडीबीच यस्तो हुने बताएका छन् ।
केही दिनअघि आफ्नो सामाजिक सञ्जालमार्फत जोडीले संयुक्त रूपमा आफूहरु अलग हुन लागेको जानकारी दिएका थिए। यसपछि उनीहरु दुवै चेन्नईमा छैनन्। धनुषका पिताले भने, ‘उनीहरु हैदरावादमा छन्। मेरो दुवै जनासँग कुराकानी भइरहेको छ।'