दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

काठमाडौँ - आउँदो जेठ १ गते देखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने  सरकारको निर्णय मङ्गलबार राजपत्रमा  प्रकाशित भएको छ ।  सरकारले परीक्षणका रूपमा  आउँदो जेठ १ गतेदेखि  प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय  गरेको थियो  ।

सोही निर्णय राजपत्रमा प्रकाशित भएको हो । यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबार सम्म कार्यालय समय बिहान साढे  ९ बजे देखि बेलुका साढे ५ बजे सम्म हुने छ तर  कात्तिक १६ दे खि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे  ९ बजेदेखि  अपराह्न  साढे  ४  बजेसम्म हुनेछ ।

२०७९ सालका लागि निर्धारण गरि एका दशैँ र  तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा भने तेस्रो दिनदेखि गृह मन्त्रालयले निर्धारण गरे अनुसार सेवा प्रवाह गराउनुपर्ने राजत्रमा उल्लेख छ ।

सार्वजनिक समयमा सेवा प्रवाह गर्ने  कर्मचारीले  सट्टा बिदा पाउने छन् । सार्वजनिक  सेवा  प्रवाह  गर्ने  संस्थाहरूमा  अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन,  प्रहरी, विद्युत्, खानेपानी अध्यागमनलगायतका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×