‘परस्त्री’मा जोडीइन् अभिनेत्री शिल्पा मास्के

काठमाडौँ। सुरज पाण्डेको निर्देशन रहने चलचित्र ‘परस्त्री’मा अभिनेत्री शिल्पा मास्के जोडिएकी छिन्। निर्माण पक्षले आइतबार अभिनेत्रीलाई अनुबन्धित गरेको हो। चलचित्रमा उनी मुख्य भूमिकामा देखिनेछिन्। चलचित्रमा उनको जोडी अभिनेता कोशिश क्षेत्री रहेका छन्। 

चलचित्रको मुख्य भूमिकाका लागि थप एक अभिनेता र अभिनेत्रीको खोजी भइरहेको बताईएको छ। निर्माता तथा लेखक दीपेन्द्र कुमार खनालले केही दिनमा कलाकारको छनोट कार्य सकेर वर्कसप गर्ने जनाएका छन्। हाल चलचित्रको प्रि-प्रोडक्सनको काम चलिरहेको छ। चलचित्रको छायांकन फागुनको तेस्रो साताबाट सुरु हुनेछ। त्यसैगरि चलचित्र नेपालीका साथै हिन्दी भाषामा निर्माण गरिने जनाइएको छ। 

डिएस डिजिटलको ब्यानरमा निर्माण हुने चलचित्रमा निरज कँडेलको छायांकन रहनेछ। एक विवाहित पुरुषको अनैतिक प्रेमसम्बन्धको कथामा आधारित चलचित्रकी निर्मात्री शर्मिला पाण्डे रहेकी छिन्। चलचित्रमा दीर्घ खड्काको सम्पादन र कोशिश क्षेत्रीको संगीत रहनेछ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×