कांग्रेस उपसभापति द्वयमा खड्का र गुरूङ विजयी, गच्छदार दुई मतले पराजित

काठमाडौं । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत भएको मतदानमा खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएर विजयी भएका हुन् ।

खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् ।

उता अर्का निर्वाचित गुरूङ भने शेखर कोइराला समूहका नेता हुन्। देउवा पक्षकै विजय गच्छदार भने जम्मा २ मतले पराजित भएका छन्। उनले १९०६ मत प्राप्त गरेका छन् ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गरेपछि अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको निर्वाचन समितिले जनाएकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×