वर्षा र मेक्समको अभिनयमा ‘परानी’ बोलको गीत सार्वजनिक

काठमाडाैँ - अस्मिता अधिकारी र रमण रायमाझीको स्वर रहेको ‘परानी’ शीर्षकको गीत सार्वजनिक भएको छ। गीतको भिडियो सोमबार ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नरेश खातीको शब्द एवं संगीत रहेको गीतमा श्यामश्वेत रसाईलीको संगीत संयोजन छ। भिडियोमा मेक्सम खाती र वर्षा शिवाकोटीको अभिनय रहेको छ। सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको हो।

नरेशको शब्द एवं संगीत, मेक्समको स्वर एवं अभिनय रहेको ‘हैन होला र !’ पछिल्लो समय चर्चामा रहेको गीत हो। उक्त गीतलाई जस्तै ‘परानी’लाई पनि स्रोता दर्शकले रुचाउने नरेश र मेक्समको अपेक्षा छ। दुर्गा पौडेलको छायाँकन रहेको यस गीतको भिडियो विकास ज्ञवालीको सम्पादन पश्चात युट्युबमा सार्वजनिक गरिएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×