पोर्टोसँग पराजित एट्लेटिको मड्रिड युरोपा लिगपनि पुग्न सकेन

काठमाडौँ - च्याम्पियन्स लिगमा समूह चरण अन्तर्गत अन्तिम खेलमा एसी पोर्टोसँग २-१ गोलको नतिजामा पराजित हुँदै एट्लेटिको मड्रिडको युरोपा लिग खेल्न बाट पनि वञ्चित भएको छ।

एट्लेटिको रहेको समूह बी बाट यसअघि नै क्लब ब्रुज र एफसी पोर्टो क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरिसकेका थिए। समूह चरणको अन्तिम खेलअघि सम्म तेस्रो स्थानमा रहेको एट्लेटिकोलाई युरोपा लिग खेल्नका लागि पोर्टोविरुद्ध कम्तीमा १ अंक आवश्यक थियो।

तर अन्तिम खेलमा पराजित भएसँगै एट्लेटिको युरोपा लिग खेल्न समेत योग्य भएन। अन्तिम खेलमा शीर्ष स्थानको क्लब ब्रुजसँग अंक बाँडेसँगै बायर लेभरकुशनले युरोपा लिगमा स्थान बनायो।

शीर्ष स्थानको क्लब ब्रूजको १२ अंक रह्यो भने दोस्रो स्थानको पोर्टोको ११ अंक रह्यो। तेस्रो स्थानको बायर लेभरकुशन र चौथो स्थानको एट्लेटिकोको समान ५ अंक रह्यो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×