साफ यू–१९ च्याम्पियनसिप: पहिलो हाफमा भारतको अग्रता

काठमाडौँ - साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत अहिले नेपाल र भारतबीच खेल भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

खेलको २६ औँ मिनेटमा भारतका खेलाडी साहिल खुर्सिदको माध्यमबाट अग्रता लियो । त्यसपछि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । यसअघि भुटानलाई पराजित पाकिस्तान यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । नेपाल र भारतबीचको विजेता टोलीसँग पाकिस्तानले फाइनल खल्ने छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×