काठमाडाैं । आइतवारदेशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेका महाशाखाकाे भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का देखि मध्यम खालकाे हिमपातको सम्भावान रहेको छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार गत केही दिनदेखि जारी माैसमा बदली आइतवारदेखि सफा हुने क्रम शुरू हुने छ । काठमाडाैं उपत्यका लगायत देशका अधिकांश भागमा दिउँसाे घाम लाग्ने महाशाखाकाे भनाइ छ ।
आइतवार राति देशभर सामान्य बदली रही उत्त पहाडी भेगमा सामान्य हिमपातकाे सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।
आगामी २४ घण्टामा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भूभागहरुमा बदली भइ वागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ।
प्रणालीको प्रभावले देशका अधिकांश भूभागहरुमा बदली भइ चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकाले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुराेध गरेकाे छ ।