राजेन्द्र खड्गीको कमब्याक फिल्म ‘नम्बरी सुन’मा आमेश हिरो बन्ने

काठमाडौँ - राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’को मुख्य भूमिकामा आमेश भण्डारी अनुबन्धित भएका छन्। बिहीबार निर्माता र आमेशबीच लिखित सम्झौता भएको छ।

मंसिर ७ गतेदेखि छायांकन सुरु हुने फिल्ममा लामो समयपछि राजेन्द्र खड्गी द्वन्द्व निर्देशकको रुपमा कमब्याक गर्दैछन्। फिल्मका अन्य कलाकारको छनोट भइरहेको निर्देशक राजु गिरीले जनाएका छन्। करिब ७० वर्षअघिको ऐतिहासिक सामाजिक कथावस्तुमा फिल्म बन्न लागेको उनले बताएका छन्।

लमजुङको भुजुङ खोला, हेटौंडा र काठमाडौंका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिने भएको छ। सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुति, निर्माण, कथा र गीत नारायण खातीको रहनेछ।

फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, प्रमोद खरेल लगायतका गायक तथा गायिकाको स्वर रहने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×