विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उल्लेखनीय फड्को

काठमाडौँ - पूर्वी नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रका नागरिकका लागि भरपर्दो उपचार केन्द्रका रुपमा रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्ला दुई वर्षमा स्वास्थ्य सेवा प्रवाह, प्राज्ञिक उन्नयन र प्रशासकीय सुधारमा उल्लेखनीय फड्को मारेको जनाएको छ। 

कोभिड–१९ महामारीको बाबजुद पनि स्वास्थ्य पूर्वाधार निर्माण, अस्पतालको स्तरोन्नति, स्वास्थ्य सेवाको विविधिकरण, अत्याधुनिक उपकरणको खरिद तथा जडान र विविध शैक्षिक गतिविधि सञ्चालन गर्न सफल भएको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए। कोरोना सङ्क्रमितको उपचारका लागि नमूना उदाहरण गरेको प्रतिष्ठानले महामारीको समयमा २० शय्या आइसियु, भेन्टिलेटरसहित १०० शय्याको छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो। महामारीको समयमा ७५ बेडको एचडियु र ८० शय्याको आइसोलेसन पनि सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ। थप ३० भेन्टिलेटरसहित ३० शय्याको आइसियु निर्माणका लागि सम्झौता भएको, २० हजार लिटर क्षमताको ‘लिक्विड अक्सिजन ट्यांक’ खरिद गरी सञ्चालनमा ल्याइएको, कोरोना सङ्क्रमित बिरामीका लागि छुट्टै एक्सरे, भिडियो एक्सरे र डायलासिस मेसिन तथा शल्यक्रियाका लागि छुट्टै कक्षको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ। 

अक्सिजन पाइप लाइनसहितको थप ३० शय्याको आकस्मिक कक्ष, तथा चार वटा आइसियु शय्यासहित आकस्मिक कक्षको स्तरोन्नति, प्रयोगशाला, रेडियोलोजी, अकुपेशनल थेरापी सेवाको सुधार तथा स्तरोन्नति गरिएको, प्रयोगशाला रिपोर्ट अनलाइनमा हेर्न सकिने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×